Social Icons

Featured Posts


Don't wait for your time! Grape this opportunity! Time will not come same forever!

Friday, March 4, 2016

Home

बोधीसत्व जाब्स नेपालमा यहाँलाई स्वागत छ। नेपाली समाजमा धेरै बेरोजगार युबाहरु आफूलाई सुहाउने काम कहाँ पाईला भनेर भौतारिएर हिडेको प्रशस्त भेटिन्छन्। उनीहरुलाई रोजगारदाता कम्पनी, र संगठनहरु सम्म पुर्याउने लक्षका साथ यो सँस्थाको स्थापना गरेका हौ। तसर्थ नेपालका कुनै पनि ठाउँमा बसोवास गर्नुहुने जो कोहिले पनि यस संस्थामा आफ्नो बिबरणहरु दर्ता गर्न सक्नुहुन्छ। 
बेरोजगार युबा युबतिहरुले आफ्नो सम्पूर्ण बायोडाटाका साथ शैक्षिक योग्यताका प्रमाण पत्र साथै आफुलाई अनुभव भएको भए अनुभवको प्रमाण पत्र समेत अट्ट्याच गरेर आफुले गर्न चाहेको कामको बिबरण समेत जब सीकर्स पेजमा भर्नुहोला।
कुनै पनि रोजगारदाता कम्पनीले आफ्नो कम्पनीको संपूर्ण बिबरणहरु सहित आफूलाई चाहिएको कामदारको प्रकृति, आफुले दिन चाहेको तलव सुबिधा, आदि बिबरणहरु जब पोस्ट पेजमा भर्नुहोला।


के तपाईले बायोडाटा बनाउदै हुनुहुन्छ ?



जागिरका लागि एकदमै महत्वपूर्ण कागजात मध्येमा बायोडाटा पर्छ । तर यहि महत्वपुर्ण डकुमेन्टमा हामी कयौं यस्ता गल्तीहरु छोडिदिन्छौं जसले गर्दा जागिर मिल्ने सम्भावना न्यून रहन्छ । हेर्नमा खासै ठुलो गल्ति नभएपनि यस्ता गल्तिहरुको असर भने ठुलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला राम्रोसंग हेर्नु पर्छ । आउनुहोस जानौं हामीले बायोडाटामा गर्ने गरेका  गल्तीहरु । धेरैले यस्ता गल्ती गरेपनि तपाइचाहिँ नगर्नुस् जागीर पक्का तपाइको हातमा आउँछ । 
१.स्पेलिंग मिस्टेक :
नयाँ जागिरको लागि हामी जब बायोडाटा बनाउँछौँ तब हामी एकदमै हतारमा बनाउँछौँ । बायोडाटा बनाइसकेपछी यसलाई दोहोर्याएर पढ्ने जमर्को पनि हामीमध्ये कमैले मात्र गर्छौं । त्यसो हुँदा बायोडाटामा कयौं स्पेलिंगहरुमा गल्ति भइरहेको हुनासक्छ । जसले गर्दा जागिरका लागि छनोट हुने सम्भावना कम हुन्छ । अचेल त माइक्रोसफ्ट अफिसजस्ता कयौं सफ्टवयरहरुमा स्पेलिंग चेकिंग र अटो करेक्सन जस्ता अप्सनहरु उपलब्ध छन् । जसले तपाईलाई बायोडाटाका गलत स्पेलिंगहरु सच्च्याउन मद्दत पुर्याउछन ।
२.आफ्नो सिर्जनाशिलता देखाएर आफ्नो प्रमोट नगर्नु :
हामी प्राय: अरुले बनाएका फर्म्याटमा आफ्नो जानकारीहरु भरेर पठाउँछौं । तर एक्जीक्यूटिभ लेभेलमा अप्लाई गर्नेहरुले यस्तो गरेमा भने यो एकदमै ठुलो मिस्टेक हुन सक्छ किनकि यस्तो बायोडाटाले क्यान्डीडेट कुनै पनि रेसोर्सको उपयोग गर्न असक्षम छ भन्ने कुराको भान पर्दछ जसले गर्दा नोकरीको अवसर टाढा हुन्छ । त्यसैले अर्काको फर्म्याटमा आफ्नो जानकारी भर्नुभन्दा अरु खस केहि गर्नुपर्ने हुन्छ । बायोडाटा तपाइको जीवनको उपलब्धिको संक्षिप्त रुप पनि हो भन्ने कुरा ध्यानमा राखेर तपाईले आफ्नै नयाँ फर्म्याटमा सफा, सटिक र प्रोफेसनल ढंगले बायोडाटा बनेर आफैलाई प्रमोट गर्न सक्नुहुन्छ ।
३.आफ्नो चाहना (पोजिशन) :
बायोडाटामा तपाई कुन पोजिशनमा काम गर्न र कस्तो बाताबरणमा काम गर्न रुचाउनुहुन्छ भन्ने कुरा उल्लेख गर्न नभुल्नुहोस । यदि तपाईले यी कुराहरु उल्लेख गर्नुभएन भने पछी पछुताउनु पर्नेछ । कहिलेकाहीं यस्तो पनि हुन्छ की नोकरीको लागि आउने बायोडाटा र कवर लेटर वा एप्लिकेसन लेटरको जागिरसंग टाढासम्म पनि कुनै सम्बन्ध हुँदैन त्यसैले तपाई पनि कतै यस्तो मिस्टेक त गर्दै हुनुहुन्न भन्ने कुरालाई दोहोर्याएर हेर्नुहोस । साथै सबै जागिर उस्तै नहुने हुँदा सधैँ एकै किसिमको जानकारीहरु पठाउनुको सट्टा किन तपाई उक्त जागिरको लागि सबैभन्दा उचित क्यान्डीडेट हुनुहुन्छ भन्ने कुरा खुलस्त पार्नुहोस ।
४.एप्लिकेसन वा कभर लेटरमा ध्यान दिनुहोस :
बायोडाटा बनाउनुको मुख्य कारण भनेको तपाईको बर्तमान अवस्थासम्मको उपलब्धिको संक्षिप्त जानकारी हो । यसलाई बनाउनुको मुख्य उद्धेश्य भनेको जागिर दिने कम्पनि वा व्यक्तिलाई तपाइको योग्यता र व्यक्तित्वको बारेमा थाहा होस् भन्ने नै हो । तपाई जहिले पनि कतै आफ्नो बायोडाटा पठाउँदै हुनुहुन्छ भने एप्लिकेशन लेटर वा कभर लेटरलाई पनि संगै पठाउनुहोस जसलाई प्रोफेसनल तरिकाले बनाइएको होस् । जसले गर्दा अरुको ध्यान तपाइको कभर लेटर र बायोडाटामा तनियोस र तपाईलाई जागिर मिल्ने सम्भावनाको वृद्धि होस् ।
५.सहि जानकारी होस् :
अहिलेको समयमा जागिर पाउनु भनेको पक्कै पनि गाह्रो कुरा हो । किनकि जुनसुकै क्षेत्रमा कडा प्रतिष्पर्धा छ । यदि तपाई बायोडाटा बनाउन कुनै प्रोफेसनलको मद्दत लिन सक्नुहुन्छ भने त्यो पनि राम्रो कुरा हो तर यसमा तपाई आफ्नो सिर्जनशीलता प्रयोग गरेर थप कुराहरु थप्न लगाउनुहोस । खाली अत्याबश्यक कुराहरुमात्रै नराख्नुहोस । साथै अनाबश्यक कुराहरु वा कागजमा राम्रा देखिने तर बास्तवमा गर्न नसकिने कुराहरु पनि नराख्नुहोस । आफुले दिन लागेको जानकारी सहि होस् कुनै पनि गल्ति नहोस । कयौंपटक यस्तो पनि हुन्छ की क्यान्डीडेटको इमेलले काम नगर्ने वा फोन नम्बर बदिलिइ सकेको अवस्था पनि हुन्छ यस्तो गल्तीलाई हटाउनुहोस् । बायोडाटामा रेफरेन्स राख्न नभुल्नुहोस् । साथै रेफरेन्स जो व्यक्तिलाई राख्नुहुन्छ उक्त व्यक्तिको स्वीकारोक्ति लिन पनि नभुल्नुहोस । 
यति गरेमा तपाईको बायोडाटाले जागिर पाउने सम्भावनालाई केहि हदसम्म वृद्धि गर्छ ।


साभार - नेपालपाटी
 
Blogger Templates